काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दुई वर्षअघि नै नवीकरण भइसकेको दाबी गरेका छन्।
आइतबार च्यासलमा अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीचको भेटका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाण्डेले महासचिव शङ्कर पोखरेलले एक वर्षअघि सचिवालय बैठकमै सदस्यता नवीकरण भएको जानकारी गराइसकेको बताएका हुन्।
उनका अनुसार अध्यक्ष ओलीले पनि सदस्यता र राजनीतिक भूमिकाबारे छलफल गरेर टुंगो लगाउने बताएका थिए।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया