काठमाडौं । नेकपा एमाले नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।
च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भेटपछि सुखद परिणाम आउने आशा गरेका हुन्। पार्टीभित्र समाधान हुन नसक्नेजस्तो देखाइएको विवाद वास्तविक नभएको भन्दै थापाले छलफलबाट सहज निकास निस्कने बताए।
उनका अनुसार भण्डारीले पहिले नै पार्टी सदस्यता नवीकरण गरिसकेकी छन्।
प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार













प्रतिक्रिया