काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटलाई पार्टीभित्रको बहस समाधान गर्ने महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरेका छन्।

पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यो भेटबाट समाधानको मोडल निस्कने विश्वास व्यक्त गरे। “यो भेट नेकपा एमालेका लागि अत्यन्तै महत्त्वपूर्ण हो,” उनले भने, “पार्टीभित्र उत्पन्न केही जटिल विषय हल गर्न यही संवादबाट मार्ग खुल्नेछ।”

advertisement

उनका अनुसार अधिकांश नेताहरूले भण्डारीको सक्रिय भूमिकाबारे अध्यक्ष ओलीसँग सिधा संवाद हुनुपर्ने सुझाव दिएका थिए, जसअनुरूप यो भेटवार्ता भएको हो।

भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणबारे उठेको प्रश्न प्राविधिक मात्रै भएको उल्लेख गर्दै राजनीतिक निर्णय नै मूल कुरा भएको स्पष्ट पारे। “सदस्यताको कुरा प्राविधिक हो, तर राजनीतिक सहमति नै निर्णायक हो,” उनले भने, “पहिला राजनीतिक निर्णय टुंग्याउनु जरुरी छ, प्राविधिक पक्ष त्यसपछि समाधान हुन्छ।”

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com