काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको वान टु वान भेटवार्ता सकिएको छ । भेटघाट सकेपछि भण्डारीले पत्रकारमाझ बोल्ने क्रममा होहल्ला र हुलहुज्जत भयो ।

पार्टी कार्यालयबाट निस्किने क्रममा पत्रकारले भण्डारीले घेरेका थिए । तर, धेरै हुलमुल भएपछि भण्डारीले एक मिनेट मात्रै बोलिन् । उनले आज पार्टी अध्यक्षसँग राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुराकानी भएको दाबी गरिन् ।

advertisement

पार्टी सदस्यता नवीकरणको विषयमा गरिएको प्रश्नमा उनले भनिन्, ‘त्यो पुरानो कुरा हो । पहिले नै भइसकेको छ । अरु विषय आधिकारिक च्यानलबाट आउँछ ।’

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com