काठमाडौं । नेकपा एमालेका पूर्व नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि ७० वर्षे उमेरहदको प्रावधान हटाउने विषयमा तीव्र व्यङ्ग्य गरेका छन्।

ओलीले जेलमा बिताएको १४ वर्षे समय उमेर गणनाबाट घटाउनुपर्ने प्रस्ताव पार्टीमा राखेको समाचार सार्वजनिक भएपछि रावलले व्यङ्ग्य गर्दै भनेका छन्, “अब त ओलीको बाल्यकाल, सुतेको र बिरामी परेको समय पनि घटाएर उमेर कम गरिने हो कि?”

advertisement

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत टिप्पणी गर्दै रावलले ओलीको “अतृप्त पद र सत्ता भोक” नै यस्तो प्रस्तावको मूल कारण भएको बताए।

रावलले लेखेका छन्, “७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भएछ। अब राजनीतिमा आउनुअघि बाल्यकाल, सुतेको र बिरामी भएको समय घटाउने कार्यदल गठन गर्ने कि?”

रावलले हाल एमाले छाडेर मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com