काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक समृद्धि हासिल गर्न राज्यको नीतिगत सोच र कार्यशैलीमै आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्।
आइतबार आफ्नै निवास खुमलटारमा नेपाल उद्योग परिसंघ (सिएनआइ)का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा अध्यक्ष दाहालले निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिनु समृद्धिको आधार हुने बताए। उनले राज्यले निजी क्षेत्रलाई अवरोध होइन, सहजीकरण गर्ने मानसिकता विकास गर्नुपर्नेमा जोड दिए।
“समृद्धि ल्याउन निजी क्षेत्रको भूमिका केन्द्रीय हुन्छ,” दाहालले भने, “तर त्यसका लागि राज्यको सोच र नीति निजी क्षेत्रमैत्री हुनुपर्छ। सहजीकरण गर्ने संरचना तयार नगरी लक्ष्यमा पुग्न सकिँदैन।”
भेटका क्रममा सिएनआइ पदाधिकारीहरूले पनि मुलुकको आर्थिक रुपान्तरणमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउँदै, अध्यक्ष दाहाल प्रधानमन्त्री रहेका बेला निजी क्षेत्रसँगको सहकार्य प्रभावकारी रहेको स्मरण गरे। उनीहरूले भविष्यमा अझ सकारात्मक वातावरण सिर्जना गर्न राज्यको स्पष्ट नीति आवश्यक रहेको धारणा राखे।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया