काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले राजनीति जटिल विषय भएकाले यसलाई सहज रूपमा बुझेर जनताको हितमा काम गर्नुपर्ने बताएका छन्।
एक सामाजिक सञ्जालमार्फत उनले, “राजनीति जटिल विषय हो। यसलाई सहज मानेर देश र जनताको हितमा काम गर्नु पर्छ,” भन्दै धैर्य, सहनशीलता र अनेक कुरा नजरअन्दाज गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन्।
बस्नेतले राजनीतिज्ञहरूको मूल जिम्मेवारी जनता र राष्ट्रको सुखद सपना पूरा गर्नु भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया