काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टी महामन्त्री गगन थापाको सहकार्यबिना सत्ता फेरबदलको प्रयासमा सक्रिय भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वलाई हटाएर संसदीय दलको नेता फेर्ने कसरतमा रहेका कोइरालाले आइतबार बिहानदेखि बेलुकासम्म आफ्ना निकट सांसदहरूसँग छलफल गरेका छन्।
बिहान कृषि मन्त्री रामनाथ अधिकारीसहित आठ सांसदसँग परामर्श गरेका उनले दिउँसो याक एन्ड यती होटलमा थप सांसदसँग छलफल गरे। तर त्यही समयमा गगन थापा भने जन्मदिन मनाउन व्यस्त थिए।
यद्यपि, थापा पक्षका नेताहरूले कोइरालाको प्रयासलाई “अर्थहीन” भन्दै आलोचना गरेका छन्। कोइरालाले प्रधानमन्त्री ओली नेतृत्वको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक गठबन्धन निर्माणका लागि साउन १ गते माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेट गरेका थिए।
हालसम्म कोइराला पक्षका ४ मन्त्री सरकारमा छन् भने ४१ सांसद समर्थनमा रहेको दाबी गरिएको छ। तर संसदीय दलको नेता बन्न ४५ सांसद आवश्यक पर्छ, जसका लागि थापा समूहको समर्थन अपरिहार्य देखिन्छ।
यसैबीच, कोइरालाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत संघीय निजामती सेवा विधेयकमा एमालेले राखेको संशोधनको विरोध पनि जनाएका छन्।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया