काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–३ का १९ वर्षीय अमृत जंग मल्लसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो। बालिकामाथि जबरजस्ती करणी गरिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनामा संलग्न एक व्यक्ति अझै फरार छन्, जसको खोजी कार्य जारी छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया