पोखरा । पोखरामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ७४ वर्षीया एक महिलाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले पुष्टि गरेका छन्।

उनका अनुसार मृतक महिलामा आठ दिनअघि कोरोना पुष्टि भएको थियो। त्यसपछि पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेकी ती महिलाको शनिबार निधन भएको हो।

advertisement

“उहाँमा उच्च रक्तचाप र मधुमेहजस्ता दीर्घरोग पनि थिए,” निर्देशक खड्काले भने, “अन्य समस्यासमेत देखिएका थिए तर कोरोना संक्रमण पनि पुष्टि भएकै कारण मृत्युमा त्यसको भूमिका अस्वीकार गर्न सकिँदैन।”

अस्पताल प्रशासनका अनुसार महिलाको अवस्थालाई जटिल बनाउने अन्य स्वास्थ्य समस्या पनि रहेका थिए। यद्यपि, कोरोना संक्रमणसमेत पुष्टि भएकाले त्यसलाई ‘सहसम्बन्धित कारण’ मानिएको छ।

गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण दर फेरि बढ्न थालेको निर्देशनालयले जनाएको छ। हालसम्म प्रदेशभर ८ जना सक्रिय संक्रमित छन्। तीमध्ये कास्की जिल्लामा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना उपचाररत छन्।

स्वास्थ्य विशेषज्ञहरूले संक्रमण दर पुनः बढ्न थालेकाले सतर्कता अपनाउन आमनागरिकलाई आग्रह गरेका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com