काठमाडौं ।गृहमन्त्री रमेश लेखकले कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक श्याम घिमिरेसँग विवादित विधेयकहरूबारे छलफल गरेका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार भएको छलफलमा भूमि र संघीय निजामती सेवा विधेयक प्रमुख रूपमा उठान गरिएको थियो।

गृहमन्त्री लेखकको सचिवालयका अनुसार बैठकमा सरकारले संसदमा दर्ता गराएको भूमि विधेयकबारे विशेष रूपमा कुरा भएको हो। उक्त विधेयकमाथि कांग्रेस र सत्तारूढ दल एमालेबीच अझै साझा धारणा बन्न सकेको छैन।

advertisement

एमाले भूमि विधेयकलाई फास्ट ट्र्याकमार्फत पास गराउन चाहन्छ भने, कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले त्यसमा संशोधन दर्ता गरिसकेका छन्। यसअघि कार्यसूचीमा राखिए पनि कांग्रेसको असहमतिको कारण विधेयक हटाइएको थियो।

त्यसैगरी, राष्ट्रिय सभामा एमाले सांसदहरूले संघीय निजामती सेवा विधेयकमा राखेको संशोधनमा पनि कांग्रेसले आपत्ति जनाएको छ। पाँच जना एमाले सांसदले ‘कुलिङ पिरियड’ (एक कार्यकालपछि ब्रेक) हटाउने संशोधन प्रस्ताव दर्ता गराएका थिए, जसलाई कांग्रेसले अस्वीकार गर्दै आएको छ।

यही विषयमा कांग्रेस नेता डा. शेखर कोइरालाले कडा प्रतिक्रिया जनाउँदै एमालेको व्यवहार गठबन्धन र लोकतन्त्रप्रतिको धोका भएको आरोप लगाएका छन्।

गठबन्धनभित्र विधेयकप्रति गहिरो मतभेद देखिन थालेपछि प्रमुख नेताहरूबीच उच्चस्तरीय छलफलहरू सुरु भएका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com