काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै विभाजनकारी तत्वहरूबाट सावधान रहन आग्रह गरेका छन्।

सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले पार्टीलाई कमजोर बनाउने प्रयासहरू भइरहेको दाबी गरे। “२०७७ सालयता एमालेलाई टुक्र्याउने प्रयास भयो, २०७८ मा केही भयो, अहिले पनि ओलीबिनाको एमाले र एमालेबिनाको देशको परिकल्पना भइरहेका छन्,” प्रचार विभाग प्रमुख राजेन्द्र गौतममार्फत ओलीको भनाइ उद्धृत गरिएको छ।

advertisement

ओलीले पार्टीभित्र नेताबीच कुनै गम्भीर विमति नरहेको बताउँदै सांगठनिक रूपमा २८ प्रतिशत सदस्यता वृद्धि भएको र जनस्तरमा एमालेप्रति आकर्षण बढेको दाबी गरे। तर उनले पार्टी पङ्तिमा अन्योलको स्थिति आउन नहुने चेतावनी पनि दिए।

बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे पनि उल्लेख गर्दै उक्त विषयमा केन्द्रीय कमिटीले निर्णय लिने बताएका छन्। भण्डारीसँग ओलीको आइतबार च्यासलमै भेटवार्ता भएको थियो।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com