तस्बिर: X
एजेन्सी । बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रमा सोमबार बंगलादेश वायु सेनाको एफ-७ प्रशिक्षण विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ। विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा खसेको थियो।
दुर्घटनापछि उद्धार कार्य जारी छ भने सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा घाइतेहरुलाई भवनबाट निकालिएको देखिन्छ। उनीहरूलाई उत्तरा आधुनिक अस्पताल*सहितका विभिन्न स्वास्थ्य संस्थामा भर्ना गरिएको छ।
ढाकास्थित अग्नि नियन्त्रण सेवाको कन्ट्रोल रुममा कार्यरत लिमा खनामले स्थानीय समय अनुसार दिउँसो १:१८ बजे दुर्घटनाबारे सूचना प्राप्त भएको जानकारी दिइन्।
ढाका महानगर प्रहरी उप-आयुक्त मुहिदुल इस्लामले विमान प्रशिक्षणका क्रममा दुर्घटनामा परेको पुष्टि गर्दै घटनास्थलमा उद्धार कार्य जारी रहेको बताए।
दुर्घटनाको कारण खुलाइएको छैन। थप अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन्।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया