एजेन्सी । इजरायलले मध्य गाजाको देइर अल–बलाहमा स्थल र हवाई आक्रमण सुरु गरेको छ ।
यसअघि इजरायली सेनाले देइर अल–बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै त्यो ठाउँ छोड्न आदेश दिएको थियो । दक्षिणी गाजाको रफाह र खान युनिसका हजारौँ विस्थापित मानिसहरूले यस क्षेत्रमा शरण लिएका छन् ।
स्थानीय पत्रकारहरूले बीबीसीलाई बताएअनुसार इजरायली ट्याङ्क र अन्य सैन्य सवारी साधनहरू किसुफिम चेकपोइन्ट हुँदै शहरमा प्रवेश गरेका थिए । आइतबार, इजरायल रक्षा बल (आईडीएफ)ले देइर अल–बलाहमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै खाली गर्न र अल–मवासीतिर सर्न आग्रह गरेको थियो ।
यसपछि, हजारौँ मानिसहरू रातभर शहर छोडेर अल(मावासीको तटीय क्षेत्रतिर लागे । इजरायली सेनाद्वारा आफ्नो शहर खाली गराउनु नयाँ करिडोर सिर्जना गर्ने प्रयासको एक हिस्सा हुन सक्ने स्थानीयहरूमाझ आशङ्का बढ्दै गएको छ ।
बीबीसीले यस विषयमा इजरायली सेनाबाट पनि टिप्पणी मागेको थियो ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया