काठमाडौं । नेकपा एमालेको पार्टी सदस्यता संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । पार्टी महासचिव शंकर पोखरेलले सोमबार च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी सदस्य संख्या २८ प्रतिशतले बढेको जानकारी दिएका हुन्।

उनका अनुसार, हालसम्म पार्टी सदस्य संख्या साढे ६ लाख नाघेको छ। संगठन विभागका सदस्य विशाल भट्टराईका अनुसार पछिल्ला अभियान र मिसनमार्फत यो वृद्धिमा टेवा पुगेको हो।

advertisement

एमालेले देशभरका कूल मतदाताको ६ प्रतिशतलाई पार्टी सदस्य बनाउने लक्ष्य लिएको छ। सोही लक्ष्यअनुसार संगठन सुदृढीकरण र विस्तारका लागि चरणबद्ध रूपमा अभियान सञ्चालन गर्दै आएको छ।

महासचिव पोखरेलले पार्टीको संगठनात्मक बलियो आधारले आगामी निर्वाचनमा थप सफलता दिलाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com