काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा परिणाम साउनको अन्तिम साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गर्ने वार्षिक कार्यतालिका भए पनि शिक्षकहरूको लामो आन्दोलनका कारण परिणाम सार्वजनिक केही ढिलो हुने भएको हो ।

advertisement

यस वर्षको कक्षा १२ को परीक्षा गत ११ वैशाखदेखि सुरु हुने तालिका थियो । तर, आन्दोलनका कारण परीक्षा १० दिनपछि अर्थात् २१ वैशाखदेखि मात्रै सुरु भएको थियो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार उत्तरपुस्तिका मूल्याङ्कन सकिएको छ भने अहिले नतिजा इन्ट्रीको काम तीव्र गतिमा भइरहेको छ । ‘अब इन्ट्री र भेरिफिकेसनको काम बाँकी छ, साउनको अन्तिम साता नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित तयारी अघि बढेको छ,’ उनले भने ।

बोर्डका अनुसार यसपटक देशभरबाट कूल ५ लाख ११ हजार ५२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com