काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ मा कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनोटका लागि दरखास्त मागेको छ । रुपन्देही क्षेत्र नं ३ का सभापति मधु अर्यालले पार्टीले सोमबार उम्मेदार छनौट प्रकृयाका लागि दरखास्त माग गरेको जनाए ।

उनका अनुसार साउन ७ गतेदेखि अघि बढाउने भएको छ। रास्वपाले जारी गरेको विज्ञप्तिमा उम्मेदवार हुन इच्छुक व्यक्तिले पार्टीले तोकेको मापदण्ड र निर्वाचन आयोगको कानुनी योग्यता पूरा गरेका व्यक्तिले दरखास्त दिन सक्ने जनाइएको छ।

advertisement

 

 

साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्म दरखास्त दिन सकिने रास्वपाको भनाइ छ। रास्वपाको एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सकिनेछ।

रास्वपाले साउन २२ गते निवेदन दिएकाको नामावली प्रकाशन गर्ने, साउन २३ र २४ गते उम्मेदवारी उपर दाबी विरोध गर्ने, साउन २५ गते उम्मेदवारसँग छलफल गर्ने, साउन २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २७ देखि भदौ ११ गतेसम्म लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्समिटर समावेशिताको मापन गर्ने, भदौ १२ र १३ गते प्रारम्भिक निर्वाचन गर्ने र भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ।

यस्तै उपनिर्वाचन सम्बन्धी थप जानकारी आवश्यक भएमा पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क तथा समन्वय गर्न अनुरोध गरेको छ। निर्वाचन आयोगले कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन घोषणा गरेर त्यसको प्रकृया अघि बढाइसकेको छ ।

रास्वपा सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा रहेको र यो क्षेत्रमै उपनिर्वाचन हुने भएकाले नेताहरुको चहलपहल बढेको छ । सोमबार पनि नेता स्वर्णिम वाग्ले रुपन्देहीमा आएर विभिन्न कार्यक्रममा भाग लिएर फर्केको नेता अर्यालले बताए । वाग्लेले सोमबार विहान लामिछानेलाई भेटेर दिनभर विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाण्डौ फर्केको अर्यालले जनाए ।

 

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com