काठमाडौं । प्रहरीले विदेश पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गापा ४ घर भई हाल काठमाडौँ १५ बस्ने २९ वर्षीया जुनु राना थापा मगरलाई पक्राउ गरेको छ । उनले स्लोभाकिया पठाइ दिने भन्दै पीडितबाट तीन लाख १० हजार ठगी गरेको आरोप छ ।
त्यसै गरी सर्बिया पठाइ दिने भन्दै १८ लाख ठगी गर्ने सुदिप कुमार यादवलाई समेत पक्राउ गरी कारबाही अघि बढाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । यस्तै बर्दिया गुलरिया नपा २ घर भई हाल काठमाडौँ ३२ बस्ने ३३ वर्षीया यादवले पीडितबाट ठगी गरेको उजुरी पनि उनलाई पक्राउ गरी कारबाही सुरु गरेको जनाएको छ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएको थियो ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार













प्रतिक्रिया