अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य म अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ ।
सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत देशका ३४ मध्ये १९ प्रान्तमा पाँच वर्षमुनिका करिब ७३ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप प्रदान गरिनेछ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखेलले जानकारी दिँदै संक्रामक रोगको नियन्त्रणका लागि देशभर खोप अभियान सुरु गरिएको बताए ।
सरकारले समुदायका अगुवा, धार्मिक विद्वान तथा अभिभावकहरूलाई खोप कार्यान्वयनमा पूर्ण सहकार्य गर्न आग्रह समेत गरेको छ ।
प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार












प्रतिक्रिया