काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखडले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार राजीनामा दिएका ७४ वर्षीय धनखडले स्वास्थ्यको कारण देखाउँदै पदबाट हटेको एक्समा जनाएका छन् । उनको कार्यकाल सन् २०२७ अगस्ट १० सम्म थियो ।
धनखड़ले आफ्नो राजीनामा पत्रमा संविधानको अनुच्छेद ६७ क बमोजिम तत्काल लागू हुने गरी पदत्याग गरेको उल्लेख गरेका छन्।
राष्ट्रपति द्रौपदी मुर्मुलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले लेखेका छन्, “स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु।”
उनले आफूलाई हालसम्म सहयोग गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै प्रधानमन्त्री एवं मन्त्रिपरिषदका सदस्यप्रति आभार व्यक्त गरेका छन् । उनले लेखेका छन्, “संसदका सम्पूर्ण माननीय सदस्यहरूबाट मलाई जुन स्नेह, विश्वास र सम्मान प्राप्त भयो, त्यो जीवनभर मेरो हृदयमा रहनेछ।”
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया