काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपियाँ बराबरको नेपाली चिया निर्यात भएको छ । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०८०/८१ मा भन्दा गत आव २०८१/८२ मा ३२.२ प्रतिशत बढी नेपाली चिया निर्यात भएको छ ।
गत आव २०८१/८२ मा एक करोड ५४ लाख १६ हजार ७५६ किलो चिया निर्यात भएको कार्यालयले जनाएको छ । अघिल्लो आव २०८०/८१ मा तीन अर्ब १७ करोड ९५ लाख २७ हजार रुपियाँ मूल्य बराबरको चिया निर्यात भएको थियो । विगतका वर्षमा जस्तो गत आवमा चिया निर्यात गर्दा धेरै बाधा अडचन नहुनु र नेपाली चियाको माग राम्रो हुनुले पनि चिया निर्यात बढेको व्यवसायी बताउँछन् ।
“विगतमा राम्रो हुन थालेको चियाको बजार कोभिड–१९ ले गर्दा धेरै प्रभावित भएको थियो । कोभिडको सङ्क्रमण क्रमशः नियन्त्रण हुन थालेपछि भारतसहित तेस्रो मुलुक जाने चियाको माग बढेको छ,” देशभरका चिया उद्योगीको संस्था सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलले भने, “यो वर्ष चिया किसानलाई पनि उद्योगले मूल्य राम्रो दिएका छन् । मुना हेरेर प्रतिकिलो ४० देखि ६० रुपियाँका दरले किसानको चिया उद्योगीले खरिद गरिरहेका छन् ।”
चियामा सरकारी तवरबाट किसानलाई भने कुनै सहयोग नभएको कट्टेलको भनाइ छ । त्यसो त अहिले इलामका चिया उद्योग र बगानमा भारतीयदेखि तेस्रो मुलुकका व्यापारीको निकै चहलपहल देखिने गरेको छ । युरोप, रुसदेखि भारतका धेरै व्यापारी यो वर्ष चिया खरिदका लागि आएको इलामको जसबिरेस्थित जसबिरे चिया कारखाना सञ्चालक ग्रीष्म सुब्बाले बताए।
“विगतमा राम्रो हुन थालेको चियाको बजार कोभिड–१९ ले गर्दा धेरै प्रभावित भएको थियो । कोभिडको सङ्क्रमण क्रमशः नियन्त्रण हुन थालेपछि भारतसहित तेस्रो मुलुक जाने चियाको माग बढेको छ,” देशभरका चिया उद्योगीको संस्था सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका महासचिव गोपाल कट्टेलले भने, “यो वर्ष चिया किसानलाई पनि उद्योगले मूल्य राम्रो दिएका छन् । मुना हेरेर प्रतिकिलो ४० देखि ६० रुपियाँका दरले किसानको चिया उद्योगीले खरिद गरिरहेका छन् ।”
चियामा सरकारी तवरबाट किसानलाई भने कुनै सहयोग नभएको कट्टेलको भनाइ छ । त्यसो त अहिले इलामका चिया उद्योग र बगानमा भारतीयदेखि तेस्रो मुलुकका व्यापारीको निकै चहलपहल देखिने गरेको छ । युरोप, रुसदेखि भारतका धेरै व्यापारी यो वर्ष चिया खरिदका लागि आएको इलामको जसबिरेस्थित जसबिरे चिया कारखाना सञ्चालक ग्रीष्म सुब्बाले बताउनुभयो ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया