काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६७ पैसा र बिक्रीदर १६१ रुपियाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ५३ पैसा र बिक्रीदर १८६ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ३४ पैसा र बिक्रीदर १७३ रुपियाँ नौ पैसा कायम गरिएको छ ।

advertisement

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८० पैसा र बिक्रीदर ९० रुपियाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ५१ पैसा र बिक्रीदर १०० रुपियाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४८ पैसा र बिक्रीदर १०७ रुपियाँ ९४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७३ पैसा र बिक्रीदर ३६ रुपियाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८०  पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५३ पैसा र बिक्रीदर ३२ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३३ पैसा र बिक्रीदर १४ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ५५ पैसा र बिक्रीदर १७ रुपियाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ सात पैसा र बिक्रीदर ४५३ रुपियाँ चार पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपियाँ ४६ पैसा र बिक्रीदर ३६७ रुपियाँ पाँच पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ ८६ पैसा र बिक्रीदर ३५९ रुपियाँ ४२ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com