काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको आदर्श, मूल्य र सिद्धान्तहरू केवल नेपाली कांग्रेसको लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि मार्गदर्शक बनेको बताएका छन्।

बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालद्वारा आज बिहान बसुन्धारामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले बीपी कोइरालाको जीवन संघर्ष, आन्दोलन र त्यागको प्रतीक भएको स्मरण गरे।

advertisement

उनले भने, “बीपी कोइरालाको राजनीतिक सोच, साहित्यिक चिन्तन र लोकतान्त्रिक सिद्धान्तले कांग्रेसलाई मात्रै होइन, आधुनिक नेपाल निर्माणको दिशामा पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

देउवाले बीपी कोइरालाले जीवनभर जुन लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकताको मार्ग अपनाए, ती सिद्धान्तहरू आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गरे। “राष्ट्रिय एकता, सामाजिक सद्भाव, र समावेशी लोकतन्त्रलाई बीपीले जुन प्रकारले आत्मसात् गर्नुभएको थियो, त्यही विचार आजको सन्दर्भमा झनै आवश्यक देखिन्छ,” उनले स्पष्ट पारे।

बीपी सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था नै मुलुकको दिगो विकासको आधार हुनेमा दृढ रहनुभएको स्मरण गर्दै सभापति देउवाले, “उहाँको त्याग, योगदान र विचारहरूलाई आत्मसात् गर्न सकेमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ,” भन्ने धारणा राखे।

कार्यक्रममा उनले बीपीका कालजयी विचारहरू आज पनि मार्गदर्शकका रूपमा ग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com