काठमाडौं । एमालेले एक वर्षको अवधिमा १ लाख ३९ हजार नयाँ सदस्यता वितरण गरेको जनाएको छ। पार्टीका नेता महेश बस्नेतका अनुसार हालसम्म एमालेको कुल सदस्य संख्या ६ लाख ८९ हजार पुगेको छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “५ लाख ५० हजार पुराना सदस्यमा नयाँ १ लाख ३९ हजार थपिँदा यो संख्या पुगेको हो। एमालेप्रतिको जनआकर्षण बढ्दो क्रममा रहेको यसको प्रमाण हो।”
उनको दाबी अनुसार सदस्य संख्या वृद्धिले पार्टीको सांगठनिक विस्तार र जनसमर्थन बलियो बनिरहेको छ। आगामी चुनावी रणनीति तथा सांगठनिक सुदृढीकरणमा यसले सकारात्मक प्रभाव पार्ने एमाले नेताहरूको विश्वास छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया