काठमाडौं ।  एमालेले एक वर्षको अवधिमा १ लाख ३९ हजार नयाँ सदस्यता वितरण गरेको जनाएको छ। पार्टीका नेता महेश बस्नेतका अनुसार हालसम्म एमालेको कुल सदस्य संख्या ६ लाख ८९ हजार पुगेको छ।

बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “५ लाख ५० हजार पुराना सदस्यमा नयाँ १ लाख ३९ हजार थपिँदा यो संख्या पुगेको हो। एमालेप्रतिको जनआकर्षण बढ्दो क्रममा रहेको यसको प्रमाण हो।”

advertisement

उनको दाबी अनुसार सदस्य संख्या वृद्धिले पार्टीको सांगठनिक विस्तार र जनसमर्थन बलियो बनिरहेको छ। आगामी चुनावी रणनीति तथा सांगठनिक सुदृढीकरणमा यसले सकारात्मक प्रभाव पार्ने एमाले नेताहरूको विश्वास छ।

 

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com