काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक दोस्रो दिन पनि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सञ्चालन भइरहेको बैठकमा आज उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सोमबार बोल्न नपाएका केन्द्रीय सदस्यहरूले आज बोल्ने छन्। आजको बैठकमा कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई अधिकतम तीन मिनेट समय दिइएको छ। सोमबारको बैठकमा ४९ केन्द्रीय सदस्यले प्रस्तावमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया