काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आज सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर आफ्ना पितासमेत रहेका कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
संग्रहालय अवलोकनका क्रममा उनले विगतका कठिन राजनीतिक संघर्ष स्मरण गर्दै सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्। उनले लेखेका छन्, “सुन्दरीजलस्थित बीपी संग्रहालय पुग्दा विगतका ती कठिन दिनहरू चलचित्रझैं आँखै अगाडि घुमे। पिताजीको बलिदान, सपना र संघर्ष अझै हाम्रो चेतनामा जीवन्त छन्।”
कोइरालाले बीपी कोइरालाले देखाएको मार्ग आज पनि प्रेरणाका रूपमा रहेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।
बीपी संग्रहालय नेपाली लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक प्रतीकस्थलका रूपमा रहेको छ, जहाँ बीपी कोइरालासहितका नेताहरू लामो समय नजरबन्दमा राखिएका थिए।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया