काठमाडौँ । कागेश्वर मनोहरा नगरपालिका–५ थलीस्थित एक खाली चौरमा एक पुरुषको शव फेला परेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृतक अन्दाजी ४० वर्ष जतिको देखिन्छन्। हालसम्म शवको पहिचान हुन नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ भने शव पोस्टमार्टमका लागि पठाइएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया