काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भातृ संगठनको नाममा व्यक्तिगत लाभका लागि संलग्न हुने प्रवृत्तिप्रति आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत वाग्लेले लेखेका छन्, “भातृ संगठनको नाममा दलाली गरेर जीविकोपार्जन गर्ने झुण्ड हामीलाई चाहिँदैन।”

advertisement

उनले पार्टीको नीतिगत सुधार र सुशासनको अभियानमा समर्पित युवा व्यवसायिक वर्गप्रति आभार व्यक्त गरेका छन्। “तर सयौं युवा डाक्टर, इन्जिनियर र चार्टर्ड अकाउन्टेन्टहरू नीतिगत सुधार र सुशासनको अभियानमा ऐक्यबद्धता जाहेर गर्न इच्छुक भएको पाउँदा खुसी छौं,” वाग्लेले उल्लेख गरेका छन्।

वाग्लेको यो भनाइ आगामी निर्वाचन लक्षित संगठन विस्तार र युवा वर्गको आकर्षणसहितको अभियान सन्दर्भमा आएको देखिन्छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com