काठमाडौं । घुस प्रकरणमा मुछिएर पदबाट राजीनामा दिएका पूर्वमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पुनः बयान लिएको छ।

मन्त्री हुँदा मालपोत अधिकृत सरुवामा लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि विवादमा परेका गुप्तासँग आयोगले अडियोका विषयमा थप विवरण मागेको हो। सोमबार नै सोधपुछ हुने भनिए पनि प्रक्रिया अगाडि बढाउन समय लाग्ने भएकाले सोधपुछ मंगलबारका लागि सारिएको थियो।

advertisement

अख्तियारले गुप्ताको आवाजको नमुना संकलन गरेर सामाजिक सञ्जालमा भाइरल भएको अडियोसँग तुलना गर्ने तयारी गरिरहेको छ। स्रोतका अनुसार, मंगलबार अडियो मिलान प्रक्रिया प्रारम्भ गरिएको छ।

गत साता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवासम्बन्धी एउटा अडियो सार्वजनिक भएको थियो, जसमा राजीनामा दिएका मन्त्री गुप्तासँग भनिएको एक व्यक्ति घुसको मागबारे कुरा गर्दै गरेको सुनिन्छ। अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो।

दबाब बढेपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए। अख्तियारले घटनाको छानबिनलाई तीव्र बनाउँदै अनुसन्धानका विभिन्न पाटा खोल्न थालेको छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com