काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने धारणा पार्टीको केन्द्रीय कमिटीका धेरैजसो सदस्यले राखेको बताएका छन्।

मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो जानकारी दिएका हुन्।

advertisement

उनका अनुसार बैठकमा सहभागी अधिकांश नेताहरूले आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान र त्यसमा प्रस्तावित संशोधनका विषयमा गम्भीर छलफल गरेका छन्। छलफलकै क्रममा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक भूमिकाबारे पनि विचार व्यक्त भएको उनले बताए।

‘कोशी प्रदेशका नेताहरूले पहिले नै आफ्नो धारणा राख्नुभएको थियो,’ बर्तौलाले भने, ‘अहिलेसम्म बोल्नुभएका केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपतिज्यूले आफ्नो हैसियतमै बस्नु उपयुक्त हुने बताएका छन्। उहाँको सक्रिय राजनीति प्रवेश व्यवस्थागत रूपमा सही हुँदैन भन्ने मत राखिएको छ। पार्टीले यसबारे आवश्यक निर्णय लिनुपर्ने सुझाव आएको छ।’

उनले आजै केन्द्रीय कमिटीको बैठक समापन गर्ने तयारी भइरहेको जानकारी पनि दिएका छन्।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com