काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक २०८० र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ दफावार छलफलका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती सेवा विधेयकलाई समिति पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

advertisement

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भइसकेको उक्त विधेयकमा समेटिएको ‘कुलिङ अफ पिरियड’ प्रावधानमाथि विवाद उठेपछि छानबिनका लागि संसदीय समिति समेत गठन गरिएको छ। एमालेका केही सांसदहरूले सो प्रावधान हटाउन संशोधन प्रस्तावसमेत दर्ता गराएका छन्।

त्यस्तै, नागरिकता विधेयकसमेत दफावार छलफलका लागि सोही समितिमा पठाइएको छ। राष्ट्रिय सभाको अर्को बैठक साउन ११ गते आइतबारका लागि तय गरिएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com