काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोट केन्द्रविन्दु भएको २०८० कात्तिक १७ गतेको भूकम्पपछि क्षति पुगेका क्षेत्रहरूमा अस्थायी र निजी आवासको पर्वलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्य सशक्त ढंगले अघि बढाइएको बताएका छन्।

संघीय संसद् राष्ट्रिय सभाको बैठकमा मंगलबार सांसद मायाप्रसाद शर्माको प्रश्नको जवाफ दिंदै गृहमन्त्री लेखकले निर्माण प्रक्रिया तीव्र रूपमा अगाडि बढिरहेको बताए। उनका अनुसार प्रभावित घरपरिवारलाई निजी आवास निर्माणका लागि दुई किस्तामा रकम वितरण भइरहेको छ।

advertisement

सरकारले जाजरकोटमा १ अर्ब ९१ करोड ९१ लाख ७५ हजार, रुकुम पश्चिममा १ अर्ब ६१ करोड १२ लाख, सल्यानमा ७ करोड, बाजुरामा १० करोड ५० लाख, बझाङमा २५ करोड र जुम्लामा १ लाख ७५ हजार रुपैयाँ गरी कुल ३ अर्ब ९५ करोड ६५ लाख ५० हजार रुपैयाँ वितरण गरिसकेको छ।

‘विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ कार्यान्वयनमा रहेको जानकारी दिँदै उनले कर्णाली र सुदूरपश्चिमका ७६ हजार ३०८ घरधुरीको विस्तृत क्षति आकलन (डिडिए) सम्पन्न भई प्रमाणीकरणको चरणमा रहेको बताए।

कार्यविधिअनुसार हिमाल, पहाड र तराई क्षेत्रका लागि क्रमशः ५ लाख, ४ लाख र ३ लाख अनुदान, प्रवलीकरण योग्य घरका लागि १ लाख, र आवासविहीन परिवारलाई थप ३ लाखसम्म अनुदानको व्यवस्था गरिएको छ।

गृहमन्त्री लेखकले जाजरकोट, अछाम र बझाङमा अस्थायी पुनर्निर्माण कार्यालय स्थापना गरी कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com