काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन् । मदन पुरस्कार गुठीले मङ्गलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट उत्कृष्ट सातको सङ्क्षिप्त सूची सार्वजनिक गरेको हो । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्ति अनुसार छनोटमा परेका कृतिमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तक रहेका छन् । यी सातमध्ये एक कृतिलाई यस वर्षको मदन पुरस्कार प्रदान गरिने छ ।

छनोटमा परेका कृतिमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो स् कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दज्र्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतìवको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह ९नेपालको भोट–चीन सम्बन्ध र भारत० र तीर्थ गुरुङको हिउँको गीत रहेका छन् ।

advertisement

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com