काठमाडौं । इटालीलाई स्तब्ध बनाउँँदै साबिक विजेता इङ्ल्यान्ड महिला युरो कप २०२५ को फाइनलमा प्रवेश गरेको छ।

साबिक विजेता इङ्ल्यान्डले १–० गोलले पछि परेको अवस्थामा पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। खेलको ३३औँ मिनेटमा इटालीकी बारबरा बोनान्सियाले गोल गरेपछि इटालीलाई सन् १९९७ पछि पहिलो पटक फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो।

advertisement

खेलको ८५ औँ मिनेटमा अग्रता दोब्बर बनाउने मौकामा इङ्ल्यान्डकी गोलकिपर बाधक बनिन्। उनले टोलीलाई जिवित राखेकी थिइन्।

खेलको निर्धारित समय सम्म इटाली १–० ले अगाडि रहेको थियो र, २८ वर्षपछि फाइनलमा स्थान बनाउनतर्फ अग्रसर भएको अवस्थामा थपिएको ७ मिनेटको अन्त्यतिर इङ्ग्ल्यान्ड खेलमा फर्कियो।

उसका लागि ९६औँ मिनेटमा मिशेल अग्येमंगले आकर्षक र पावरफुल सट गोलमा परिणत भएपछि साबिक विजेता खेलमा फर्कियो। क्वाटरफाइनलमा पनि मिशेलको गोलले स्वीडेनविरुद्ध जित निकालेको इग्लायन्ड भाग्यमानी सावित भयो।

खेलको ११९ औं मिनेटमा इटालीका खेलाडीले डी बक्सभित्र लडाएपछि इङ्ल्यान्डले पेनाल्टी पायो। पेनाल्टीलाई इटालीकी गोलकिपरले रोकेपछि रिबाउन्ड गोललाई क्लो केलीको अर्को सुपर सबले गोलमा परिणत भएको थियो। ​

इङ्लयान्डले आज राति हुने दोस्रो सेमिफाइनलको विजेता स्पेन वा जर्मनीको विजेतासँग उपाधिका लागि आइतबार खेल्नेछ।

 

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com