काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ठुलो व्यापारिक सम्झौता भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यो अहिलेसम्मकै ठूलो सम्झौता भएको बताएका हुन्। सो सम्झौता अनुसार जापानबाट अमेरिका भित्रने सामानमा १५ प्रतिशत कर लाग्ने छ। यसैगरी जापानले अमेरिकामा ५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ ।

ट्रम्पले यो सहमतिले अमेरिकामा हजारौँ जनाका लागि नयाँ रोजगारी सिजर्ना हुने विश्वास व्यक्त गरेका छन्।

advertisement

जापानले अमेरिकामा कार र धान निर्यात गर्ने गरेको छ । व्यापारिक सम्झौतापछि यो निर्यातको क्रम अझ बढी हुने अपेक्षा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो वार्ता एकदमै तनावको समयमा भएको हो। राष्ट्रपति ट्रम्पले अहिलेको सम्झौताले दुवै देशलाई लाभ मिल्ने बताउँदै जापान र अमेरिकाको सुमधुर सम्बन्ध अझ धेरै वर्ष रहने कुरामा आशावादी रहेको उल्लेख गरेका छन्।

गत वर्ष जापानबाट २९८ मिलियन अमेरिकी डलर बराबरको धान अमेरिका पुगेको थियो। यसै गरी जनवरीदेखि अप्रिलसम्ममा अमेरिकामा ११४ मिलियन अमेरिकी डलर बराबरको धान पुगेका छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com