काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हरिवन नगरपालिका–४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । बागवानीस्थित लच्कामा चार लेनको सडक बनाउने क्रममा कलभर्ट निर्माण भइरहेको ठाउँमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को १ ख ५९३८ नम्वरको तेल बोक्ने खाली ट्याङकर र लालबन्दीतर्फ आउँदै गरेको बा। ८७ प १३७० नम्वरको मोटरसाइकल आपसमा ठोक्किँएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

advertisement

ट्याङकरसँग ठोक्किँएपछि गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । उनका अनुसार ट्याङकर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com