काठमाडौं । जुम्लाका छ वटा स्थानीय तहले करार कर्मचारीलाई हाजिर नगराउने भएका छन् । ती तहले सूचना जारी गरी साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगर्ने भनेका छन् । यी सूचनाले ठुलो सङ्ख्यामा करारका कर्मचारी प्रभावित भएका हुन् ।

जिल्लाको सिँजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठीचौर गाउँपालिका सङ्घ र प्रदेशबाट स्रोत सुनिश्चित नभएका कर्मचारीलाई साउन महिनाबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरिएको छ ।

advertisement

प्रदेश स्थानीय सेवा ऐन, बमोजिम कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने प्रदेश र सङ्घबाट बजेट सुनिश्चित भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको हो । कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन २०८१ को दफा १४ ९१० बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन् ।

जुम्लाको पातारासी गाउँपालिकामा १०२, कनकासुन्दरीमा ८४, तिलामा ६२ स्वास्थ्यकर्मी, कार्यालय सहयोगीसहितका कर्मचारी प्रभावित हुने भएका छन् । शिक्षकको तथ्याङ्क आउन बाँकी रहेको छ । यसै गरी तातोपानी गाउँपालिकामा २५, सिँजामा २४, गुठीचौरमा २१ र हिमा गाउँपालिकामा झन्डै ७० भन्दा बढी कर्मचारी प्रभावित हुने भएका छन्  । यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन् ।

जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानका अनुसार यो निर्णयले तिलाका चार वटा आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन् ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com