बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा (एमाले) लाई विभाजन गर्ने प्रयास असफल भएको बताएका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुटवलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पौडेलले पार्टीभित्र विग्रह ल्याउन खोज्नेहरूका योजना पार्टीको एकमत निर्णयले विफल बनाएको दाबी गरे।

advertisement

उनले भने, “एमालेलाई फेरि पनि फुटाउने सपना देख्नेहरू सक्रिय थिए, तर पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा ल्याउने प्रस्तावलाई केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा अस्वीकार गरेपछि त्यो सपना तुषारापात भयो।”

एमाले उपाध्यक्षसमेत रहेका पौडेलले पार्टी एकतामा कुनै खलल नपर्ने स्पष्ट संकेत दिँदै पार्टीभित्र अस्थिरता सिर्जना गर्न खोज्ने तत्वहरू परास्त भएको बताए।

उनले चौतर्फी चुनौतीहरूबीच पनि सरकार आफ्नो मिशनमा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गरे। “देशलाई अस्थिर बनाउने खेल भइरहे पनि सरकार ती सबै प्रयासहरूलाई चिर्दै अघि बढिरहेको छ,” उनले भने।

पौडेलले कांग्रेस–एमाले गठबन्धन स्थायित्व र सुशासनका लागि निर्माण गरिएको भन्दै आगामी २०८४ सम्म पनि यो गठबन्धन कायम रहने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com