काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा रहेका मन्त्रीहरू भ्रष्टाचारमा संलग्न रहेको गम्भीर आरोप लगाउँदै ती विषयमा छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद्मा निरन्तर विरोध जारी रहने चेतावनी दिएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै लिङदेनले पछिल्लो समय ‘भिजिट भिसा’ प्रकरणमात्र नभई दर्जनौँ मन्त्रीहरूमा समेत भ्रष्टाचार, कमिसन र अनियमितताको आरोप आइरहेको उल्लेख गरे।

advertisement

उनले भने, “मन्त्रीहरूकै संलग्नतामा बजार मूल्य कृत्रिम रूपमा बढाएर कमिसन खाएको, अनियमितता गरेको कुरा सार्वजनिक हुँदै गइरहेका छन्। ती सबै विषयको गहिरो छानबिनका लागि स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ। त्यो नभएसम्म संसद्मा हाम्रो विरोध जारी रहनेछ।”

साथै उनले सरकारलाई समयमै आत्मसमीक्षा गर्न आग्रह गर्दै, आवश्यक परे आफूहरू सडक संघर्षमा जान समेत पछि नहट्ने स्पष्ट पारे।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com