काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विद्रोह इतिहासले प्रमाणित गरिसकेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: तुलनात्मक अध्ययन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको दाबी गरे।

advertisement

“हाम्रो विद्रोहकै कारण मधेसी, दलित, महिला, जनजाति र पछाडि पारिएका समुदायले अधिकार प्राप्त गरेका छन्,” उनले भने, “कसैले स्वीकार गरोस् या नगरोस्, माओवादी आन्दोलनलाई हरेक वर्गले सम्झन्छ।”

संविधान कार्यान्वयनको अवस्था गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै प्रचण्डले आवश्यक संशोधनका लागि सुझाव दिन सबै सरोकारवालालाई आग्रह गरे।

उनले गणतन्त्रको सबैभन्दा धेरै चासो माओवादीलाई रहेको स्पष्ट गर्दै त्यसको रक्षा र सुदृढीकरणमा जुट्न अपिल गरे।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com