काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा रहेका व्यक्तिहरू कानुनी दायराभित्रै रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आर्थिक अनियमितता देखिएमा जाँचबुझ हुने बताए ।
“भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ,” प्रधानमन्त्री ओलीले भने, “तर फेसबुकमा लेखिएको स्टाटसकै आधारमा कसैमाथि कारबाही गर्न सकिँदैन ।”
उनले कतिपयले प्रधानमन्त्रीमाथि निराधार आरोप लगाउने गरेको गुनासो गरे । “कतिपय मानिसको फेसन नै प्रधानमन्त्रीलाई लाञ्छना लगाउनु भएको छ,” ओलीले भने, “त्यस्ता मानिसहरूले कहिले सुन भनेर पित्तल चढायो भनेर हल्ला चलाउँछन्, अहिले पनि छानबिनको नाममा कराउँछन् ।”
प्रधानमन्त्री ओलीले गम्भीर र प्रमाणसहितको प्रश्न उठेमा मात्रै कानुनी प्रक्रिया अघि बढ्ने बताए । “फेसबुकको हल्ला वा मनगढन्ते आरोपले कारबाही हुँदैन,” उनले दोहो्याए।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार













प्रतिक्रिया