काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक पदमा रहेका व्यक्तिहरू कानुनी दायराभित्रै रहने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आर्थिक अनियमितता देखिएमा जाँचबुझ हुने बताए ।

“भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पप्रति हामी दृढ र प्रतिबद्ध छौँ,” प्रधानमन्त्री ओलीले भने, “तर फेसबुकमा लेखिएको स्टाटसकै आधारमा कसैमाथि कारबाही गर्न सकिँदैन ।”

advertisement

उनले कतिपयले प्रधानमन्त्रीमाथि निराधार आरोप लगाउने गरेको गुनासो गरे । “कतिपय मानिसको फेसन नै प्रधानमन्त्रीलाई लाञ्छना लगाउनु भएको छ,” ओलीले भने, “त्यस्ता मानिसहरूले कहिले सुन भनेर पित्तल चढायो भनेर हल्ला चलाउँछन्, अहिले पनि छानबिनको नाममा कराउँछन् ।”

प्रधानमन्त्री ओलीले गम्भीर र प्रमाणसहितको प्रश्न उठेमा मात्रै कानुनी प्रक्रिया अघि बढ्ने बताए । “फेसबुकको हल्ला वा मनगढन्ते आरोपले कारबाही हुँदैन,” उनले दोहो्याए।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com