काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेको छ।

बुधवार पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपतिजस्तो गरिमामय पदमा बसेको व्यक्तिले सक्रिय राजनीतिमा फर्कनु उपयुक्त नहुने ठहर पार्टीले गरिसकेको जानकारी दिए। सोही कारण उनकाे सदस्यता नवीकरण नभएको र स्वतः निष्क्रिय भएको बताए।

advertisement

“राष्ट्राध्यक्षको हैसियतमा रहेका व्यक्तिले पद त्यागेपछि पुनः दलको सक्रिय राजनीतिमा फर्कने संविधानले पनि कल्पना गरेको छैन,” पोखरेलले भने।

उनले भण्डारी पार्टीमा फर्के पार्टी बलियो देखिए पनि लोकतन्त्रको मर्यादा कमजोर हुने भन्दै दलभन्दा माथि राष्ट्रको हित प्राथमिक रहेको जिकिर गरे।

त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीलाई ‘निर्विकल्प’ भनिएको विषयमा पोखरेलले विधान संशोधनमार्फत उमेर सीमा र कार्यकाल सम्बन्धी प्रावधान हटाइएको भए पनि, कुनै पनि योग्य प्रतिनिधिले अध्यक्ष पदमा उम्मेदवारी दिन पाउने स्पष्ट पारे।

पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी केन्द्रीय कमिटी बैठकले समसामयिक राजनीतिक अवस्था, सरकारको प्रभावकारिता, र आगामी विधान महाधिवेशनलगायत विषयमा आठ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिए।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com