धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले छाता चोकस्थित पुरानो अस्पतालको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको विषयमा कडा आपत्ति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक पत्र पठाएका छन्।

नगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गर्ने योजना अघि सारेको भए पनि उपयुक्त स्थान अभाव भएकाले प्रतिष्ठानको स्वामित्वमा गएको उक्त जग्गा फिर्ता गरिनुपर्ने मेयर साम्पाङको माग छ। उनले यसलाई नगरवासीको हक हितमाथिको कुठाराघात भन्दै तीव्र आपत्ति जनाएका छन्।

advertisement

स्वास्थ्य मन्त्रालयलाई मंगलबार पठाइएको पत्रमा साम्पाङले लेखेका छन्, “छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनै कुलङ्घारले दलालीको मोहमा फसेर बीपी प्रतिष्ठानलाई सुम्पिएको देखिन्छ। यस्तो गैरजिम्मेवार निर्णय स्वीकार्य छैन। यो जग्गा धरानवासीको हो र नगरपालिकाको स्वामित्वमा फिर्ता हुनु पर्दछ। कृपया तुरुन्त फिर्ता गरिदिनुहोस्।”

सधैं स्पष्ट र निडर अभिव्यक्तिका लागि चर्चित मेयर साम्पाङले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश सरकार र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई समेत पठाएका छन्।

उक्त जग्गा फिर्ता पाएपछि धरान उपमहानगरले आधुनिक सुविधासहितको नगर अस्पताल निर्माण गर्ने योजना अघि बढाउने तयारी गरेको बताइएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com