एजेन्सी । इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।

गाजा सहरको उत्तरपश्चिमी भागमा इजरायली लडाकु विमानले एउटा घरलाई निशाना बनाई आक्रमण गरेपछि छ जना बालबालिकासहित उनीहरुको मृत्यु भएको र अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएका छन् ।

advertisement

स्थानीय स्रोतले बताएअनुसार इजरायली लडाकु विमानले गाजा सहरको उत्तरपश्चिमस्थित आवासीय घरमा प्रहार गरेको बम घटनास्थलमा पुगेको एम्बुलेन्समा लागेपछि ठूलो सङ्ख्यामा मानिसहरुको आक्रमणको सिकार भएको जनाइएको छ ।

गाजा सहरको दक्षिणपूर्वी भागमा रहेको अल जायतुनमा रहेको सालाह अल दिन मस्जिद पछाडिको घरमा भएको अर्को हवाई आक्रमणबाट पनि मानिसहरू घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com