काठमाडौं। नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीले संविधान, कानुन र जनताको बहुदलीय जनवादको मूल सिद्धान्त विपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा प्रवेश गर्न रोक लगाएको आरोप लगाएका छन्।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै थापाले भने, “एमाले केन्द्रीय समितिले भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने विषय छलफल गर्ने एजेण्डामा समेत थिएन र प्रस्ताव पनि थिएन, तर किनारका कुरालाई उठाएर उनीमाथि प्रतिबन्ध लगाइयो।” उनले थपे, “राजनीतिक दललाई निर्णय गर्ने स्वतन्त्रता छ भने पनि ती निर्णय संविधान र कानुनसँग मेल खानुपर्छ।”

advertisement

थापाले राष्ट्रपति वा पूर्वराष्ट्रपति भइसकेकाहरू सक्रिय राजनीतिमा फर्किने विषयमा बहस हुन सक्ने बताए तर यसलाई एमाले प्रवेशसँग जोडेर विवाद सिर्जना गर्नु गलत भएको टिप्पणी गरे।

पार्टीभित्र फरक मत र विचारलाई दबाउने, प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर बनाउने र निषेधात्मक गतिविधिहरू भइरहेको भन्दै उनले आलोचना गरे।

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा आउन रोक लगाउने केन्द्रीय समितिको निर्णयमाथि आफूले ‘नोट अफ डिसेन्ट’ (विपरीत मत) दर्ता गराएको थापाले जानकारी दिए।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com