काठमाडौं । जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्र सङ्घीय अदालतले महत्त्वपूर्ण निर्णय गरेको छ। अहिले जीवाश्म इन्धनका कारण वातावरणमा समस्या पर्दै गएपछि एक देशले अर्को देशलाई आफ्नो देशमा असर गर्ने काम गरेमा मुद्दा लगाउन सक्ने निर्णय गरेको छ।

यसका बाबजुद कुन देशका कारण जलवायु परिवर्तनमा असर गरिरहेको भन्ने ठहर गर्ने काम एकदमै कठिन भएको नेदरल्यान्ड्सको हेगस्थित अदालतका न्यायाधीशले बताएका छन्। अहिलेको यो निर्णयले सबैलाई बाँध्न नसके पनि धेरै फराकिलो क्षेत्रमा असर रहने बताइएको छ। जलवायु परिवर्तनका कारण समस्या परेका धेरै देशले आफूले यसको सामना गर्न कठिन भएमा कानुनी बाटो पनि अवलम्बन गर्न सक्ने छन्।

advertisement

अन्तर्राष्ट्रिय अदालतमा प्यासिफिक टापुमा रहेका युवा कानुन विद्यार्थीले अपिल गरेपछि यो निर्णय भएको हो।

सन् २०१९ देखि जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका युवामा यो उपाय पलाएको हो। टोंगोका सिबोस्ना भाइकुने यो निर्णय सुन्न हेग पुगेका थिए।

 

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com