काठमाडौं । सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा गएराति सर्पदंशबाट ५० वर्षीया संगिता राईको मृत्यु भएको हो ।
बुधबार राति ९ बजे विषालु सर्पको डसाइबाट गम्भीर घाइते राईलाई तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको स्थानीयले बताएका छन् ।
लामो समयदेखि सप्तरीमा खडेरी लागेपछि सर्पको विगविगी बढे छ । राईको उपचारको क्रममा राति १२ बजे चिकित्सकहरुले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया