काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१/८२ मा नेपालको निर्यात इतिहासमै सबैभन्दा उच्च बिन्दुमा पुगेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले नेपालले उक्त वर्षमा रु २ खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवा निर्यात गर्न सफल भएको दाबी गरेका छन्।

advertisement

उनका अनुसार, आफू प्रधानमन्त्री बन्नुअघि अर्थात अघिल्लो आर्थिक वर्षमा कूल निर्यात रु १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मा सीमित थियो।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘यस वर्ष निर्यातमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। अघिल्लो वर्षको तुलनामा ८१.८० प्रतिशतले निर्यात वृद्धि भएको छ, जुन आत्मनिर्भर अर्थतन्त्रको दिशामा ठूलो उपलब्धि हो।’

उनले सरकारको प्रयास र सही नीति व्यवस्थाका कारण निर्यात वृद्धिमा सकारात्मक प्रभाव परेको पनि संकेत गरेका छन्। यो तथ्यांकले नेपालको व्यापार क्षेत्रमा आशावादी संकेत देखाएको भन्दै ओलीले राष्ट्रलाई निर्यातमुखी बनाउने यात्रामा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रकाशित मिति: ८ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com